फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा, बोनस कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने 
 गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १९ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया