नेपालमा स्टार्टअप्स फाउण्डर्स हव सुरु गर्दै माइक्रोसफ्ट, शुक्रवार कुमारी हलमा विशेष कार्यक्रम आयोजना हुने

३ बर्ष अगाडि

काठमाडौं । माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरुवात गर्दैछ । यहि शुक्रवार इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको लागि फाउण्डर्स हब सार्वजनिक गरिदैछ । नेपालमा सबैभन्दा ठुलो र प्रतिष्ठित आइसिटी अवार्ड कार्यक्रमसँगको सहकार्यमा फाउण्डर्स हबको सुरुवात गर्न लागिएको हो । उक्त कार्यक्रममा माइक्रोसफ्टको तर्फबाट विभिन्न सेसनहरु सञ्चालन हुनेछन भने इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्प्रधीले स्टोरी सेयरिङ गर्ने अवसर प्राप्त गर्नेछन । 

माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरुको लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ । यस प्लाटफर्मले स्टार्टअपहरुको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निशुल्क पहुच प्रदान गर्दछ । यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन     गर्नेछ । प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ । 

माइक्रोसफ्टको स्र्टाअप्स फाउण्डर्स हब धेरै देशमा सफलतापुर्वक चलिरहेको कार्यक्रम हो । नेपालमा पनि स्टार्टअपको इकोसिस्टमको विकासमा सहयोग पुर्याउने उदेश्यले आइसिटी अवार्डसँगको सहकार्यकमा यसको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ । विशेषगरी आर्थिक, प्राविधिक र पुर्वाधारको अभावमा नेपालको स्टार्टअपहरुको वृद्धी कम भइरहेको हुदा, यसलाई सहयोग गर्ने लक्ष्य सहित माइक्रोसफ्टले फाउण्डर्स हबको सुरुवात गरेको नेपालको लागि माइक्रोसफ्टका सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले बताए । 

शुक्रवार आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तरािष्ट्रय प्रतिनिधिहरुको उपस्थिती हुनेछ । यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केहि स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन । कार्यक्रममा माइक्रोसफ्ट विभिन्न नयाँ प्रविधिहरुको बारेमा सेसन पनि सञ्चालन हुनेछ भने आइसिटी अवार्डका विजेता र यस वर्षका उत्कृष्ट ५ ले आफ्नो स्टार्टअपको बारेमा रोचक प्रस्तुती दिनेछन । इच्छुकले कार्यक्रममा निशुल्क सहभागी हुन सकिन्छ तर यो रजिस्ट्रेशन फारम भर्नुपर्ने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया