काठमाडौं- ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेनस्ड फण्ड–१ र ग्लोबल आइएमई समुन्नत योजना–१ ले कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरणअनुसार दुवै फण्ड नोक्सानीमा रहेका छन् ।
ग्लोबल आइएमई ब्यालेनस्ड फण्ड–१ कात्तिक महिनामा रू. १ करोड ३१ लाख नोक्सानीमा रहेको छ । यो फण्ड असोजमा पनि रू.२ करोड ७३ लाख नोक्सानीमा थियो । त्यसैगरी ग्लोबल आइएमई समुन्नत योजना–१ पनि कात्तिक महिनामा रु. ३८ करोड ८६ लाख नोक्सानीमा रहेको छ । यो फण्ड असोजमा रुे। ३९ करोड ९२ लाख नोक्सानीमा थियो ।
कात्तिक महीनामा यी दुवै फण्डको जम्मा खर्चमा वृद्धि भएको र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन् । नोक्सानीमा रहे पनि दुवै फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) भने बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ असोज महीनामा रू. ९.०२ रहेकोमा कात्तिक महीनामा बढेर रू. ९.१२ पुगेको छ ।
त्यसैगरी ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को न्याभ कात्तिकमा रू. ९.८७ पुगेको छ । यस फण्डको न्याभ असोज महीनामा रू. ९.७३ थियो । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २८ करोड ८६ लाख लगानी गरेको छ । असोजमा यस फण्डले सूचीकृत शेयरमा रू.२६ करोड ९९ लाख लगानी गरेको थियो ।
प्रतिक्रिया