आई.सि.एफ.सि.फाइनान्सको १० प्रतिशत लाभांश घोषणा, बोनस कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं- आई.सि.एफ.सि.फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ ।

मंसिर १४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात फाइनान्सका सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया