रु.१ हजार दरका नोट भारतीय सरकारी कम्पनीले छाप्ने

३ बर्ष अगाडि

भारतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ।

नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का दिएको हो । यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ।

राष्ट्र बैंकले उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने गरी बुधबार आशयपत्र जारी गरेको छ। जसअनुसार उक्त कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ। 

राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले १ करोड ११ लाख ३४ हजार ३०६ अमेरिकी डलरमा नयाँ नोट छाप्ने कबोल गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया