काठमाडौं- युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश पाउने भोलि (बिहीबार) अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते शुक्रबारदेखि बुक क्लोज गर्दैछ । यसआधारमा अब बुधबार र बिहीबार गरी २ दिनमात्र यसको लाभांश पाउन शेयरधनी बन्न सकिने छ । कम्पनीले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
लाभांश पारित गर्न यसको मंसिर २८ गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया