एशियन लाइफद्धारा ४ लाख ८१ हजार मृत्यु बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- एशियन लाइफ इन्सोरेन्स कम्पनीको हेटौंडा शाखाले  मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीको हेटौंडा शाखाले बीमित जीतपुर सिमरा उपमहानगर– २ बस्ने दल बहादुर थापा मगरको घरमै पुगेर ४ लाख ८१ हजार ६५६ रुपैयाँको चेक प्रदान गरेको हो । बीमित मगरको गत कात्तिक ७ गते असामयिक निधन भएको थियो । स्वर्गीय मगरले ३ लाख बिमांकको बिमा एशियन लाइफ इन्स्योरेन्समा गराएका थिए ।

कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । दाबी भुक्तानीको रकमको स्वर्गीय मगरकी पत्नी निलजा श्रेष्ठ थापा मगर र छोरा दुर्लभ थापा मगरलाई संयुक्त रूपमा चेक प्रदान गरिएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया