काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा कुल ४.४२ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश थिए।
सोही ४.२ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया