काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामकृष्ण खतिवडाले झन्डै डेढ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत खतिवडाले गत आवमा बैंकबाट १ करोड ४८ लाख ९९ हजार १ सय ४९ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।
त्यसैगरी बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले बैंकबाट ६६ लाख ५२ हजार ७८२ रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बैंकबाट राजीनामा दिएर नेपाल बंगलादेश बैंकमा वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा गएका थिए । नेपाल बंगलादेश बैंक हाल नबिल बैंकमा बिलय भइसकेको छ । हाल उनी नबिल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।
निफ्रामा सुर्यबहादुर तामाङ र विनयनाथ न्यौपाने गरी दुई जना नायब महाप्रबन्धकहरु छन् । तिनीहरुले संयुक्त रुपमा १ करोड ४९ लाख ६९ हजार ८ सय रुपैयाँ बुझेका छन् । निफ्राको जोखिम व्यवस्थापक प्रमुखमा सुवर्णकुमार सिंह, पूर्वाधार (फाइनान्स) प्रमुखमा रबिन श्रेष्ठ र सार्वजनिक पूर्वधार प्रमुखमा घनश्याम ओझा रहेका छन् । ती व्यवस्थापकहरुले संंयुक्त रुपमा बैकबाट २ करोड ६४ लाख ९९ हजार ५ सय ७७ रुपैयाँ बुझेका छन् ।
बैंकको बोर्ड सञ्चालकहरुले वार्षिक १० लाख ७० हजार बैठक भत्ता बुझेका छन् भने अन्य सञ्चालकको मोबाइल र अन्य खर्च गरी बैंकले २ लाख ९८ हजार ७० रुपैयाँ खर्च गरेका छन् ।
प्रतिक्रिया