एभरेष्ट बैंकको शेयरमूल्य समायोजनपछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ। 

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंसिर १२ गते, बैंकको शेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंकले २८ औँ वार्षिक साधारण सभा मंसिर २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया