नेपाल एसबिआई बैंकको लाभांश प्रस्ताव, नगद र बोनस कति कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। 

बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५३ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

मंसिर १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया