एसियन लाइफको साढे ३६ लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको  छ । 

यो कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

एसियन लाइफले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मा कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश थिए। 

सोही १४.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया