नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा, कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल हाइड्रो डेभलोपर्सले  लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।
 

३ बर्ष अगाडि

प्रतिक्रिया