काठमाडौं- साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक उकालो लागेको छ। आज दिन नेप्से ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २३३ स्टकको ३१ हजार ९३ पटकको कारोबारमा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीव्न बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस करिब १ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन डिप्रोक्स लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक, ग्रीनलाइफ हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, सिईडिबी हाइड्रोपावर र धौलागिरी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया