नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको शेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेको आजको निर्णयबाट कुमारी बैंकको आधारभूत शेयरधनीबाहेक अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो। अब आउँदो आइतबारबाट यो बैंकको शेयर कारोबारमा आउनेछ।
नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का गरेको थियो। कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
प्रतिक्रिया