मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् ।
कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतले पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार कुल ९१ हजार ५८३ मत खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।
प्रतिक्रिया