काठमाडौं- युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया