लमजुङबाट प्रदेशसभा १ मा कांग्रेसका गुरुङ निर्वाचित

३ बर्ष अगाडि

लमजुङ / लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत पाएकी छिन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया