नबिल बैंकको साधारणसभा फागुन २७ गते, फागुन १३ गतेसम्म कायम शेयरधनीले ३४ प्रतिशत लाभांश पाउने

६ बर्ष अगाडि

काठमाडौँ – नबिल बैंकले फागुन २७ गते ३४औं बार्षिक साधारणसभा डाकेको छ। बैंकले यसअघि घोषणा गरेको २२ प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । लाभांस घोषणा गरेको तीन महिनापछि साधारणसभा बेलाएको छ ।

१२ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पूँजी रु ९ अर्ब पुग्ने भएको छ ।

बैंकको साविकको संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले सार्वजनिक बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने विशेष प्रस्ताव पनि अगाडि सारेको छ ।

बैंकको सञ्चालक समितिले संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हाल संस्थापक शेयर पूँजी ७० प्रतिशत छ भने सर्वसाधारण शेयर पूँजी ३० प्रतिशत छ।

एनआईडिसीले बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत शेयर सर्वसाधारणभा परिणत भएसँगै सर्वसाधारण शेयर पूँजी ४० प्रतिशत पुग्ने छ भने संस्थापक शेयर पूँजी ६० प्रतिशतमा खुम्चिनेछ।  साधारणसभाका लागि बैंकले यही १४ गते बुकक्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम शेयरधनीले ३४ प्रतिशत लाभांस पाउने छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया