काठमाडौँ-३ मा काँग्रेसका चालिसे विजयी

३ बर्ष अगाडि

काठमाडौँ / प्रतिनिधिसभा, काठमाडौँ क्षेत्र नं ३ मा काँग्रेसका सन्तोष चालिसे विजयी हुनुभएको छ ।

निर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गर्नुभएको हो । निर्वाचित भएपछि चालिसेले मतदाताप्रति आभार व्यक्त गर्दै लोकतन्त्रको जीत भएको बताउनुभयो । सङ्घीय संसदमा पुगेर देश र जनताको आवाजलाई थप मजबुत बनाउन भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यसै गरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा सदस्य ९१० तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा ९२० मा विमल ठकुरी विजयी हुनुभएको हो ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया