काठमाडौँ–८ मा स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठ विजयी

३ बर्ष अगाडि

काठमाडौँ / प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ १० हजार १ सय ५ मत ल्याई विजयी हुनुभएको हो ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गर्नुभयो । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याउनुभयो । निर्वाचित भएपछि श्रेष्ठले जनताको परिवर्तनको मागलाई निर्वाचनले पुष्टि गरेको बताउनुभयो । उहाँले जनतासँग गरिएका प्रतिविद्धतालाई पुरा गर्ने जिकिर गर्नुभयो ।

३ बर्ष अगाडि

प्रतिक्रिया