काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ७)गते अन्तिम दिन रहेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मंसिर ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर १८ गते, आइतबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया