पाँचथर पावरको आइपिओ खुल्यो, नाफा कमाउन १२ वर्ष कुर्नुपर्ने

६ बर्ष अगाडि

काठमाडौं – पाँचथर पावर कम्पनीको साधारण शेयर यही फागुन १३ गतेदेखि बिक्री हुने भएको छ ।

कम्पनीको १७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि बिक्री गर्न लागिएको हो ।

त्यस्तो शेयरको अंकित मूल्य रु १०० मा बिक्री हुनेछ ।

उक्त कम्पनीले यसअघि स्थानीयवासीलाई ९ लाख कित्ता शेयर जारी गरेकोमा ७ लाख ८७ हजार कित्ता शेयर बिक्री नभएकोमा सो समेत थप गरि उक्त परिमाणमा शेयर बिक्री गर्न लागिएको हो । यसअघि सर्बसाधारणका लागि ९ लाख ६२ हजार कित्ता मात्र शेयर छुट्याइएको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ । कम्पनीको डिस्काउन्टेड पेब्याक अवधि करिब ११.९९ बर्ष प्रक्षेपण गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया