ताप्लेजुङमा योगेश भट्टराईको सुरुवाती अग्रता,माओवादीले पछ्याउँदै

३ बर्ष अगाडि

ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले सुरुवाती अग्रता लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेश भट्टराईले ६८ मत प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन्।  गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।

यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन्।  मतगणना फक्ताङलुङ गाउँपालिकाबाट सुरु गरिएको हो । 

मतगणना केहीबेर अघिदेखि सुरु भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया