झापा १ मा विश्वप्रकाश  साढे ६ हजार बढीको मतान्तरले अगाडि, सूर्यमा कति मत ?

३ बर्ष अगाडि

काठमाडौं- झापा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साढे ६ हजार बढीको मतान्तरले अगाडि रहेका छन् ।

३४ हजार ४ सय २९ मतपत्र गणना हुँदा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले  १७ हजार २ सय ८९ मत पाएर शीर्ष स्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले चुनाव चिन्ह सूर्यमा १० हजार ७ सय १६ मत पाएका छन्।

शर्मा खरेलभन्दा ६ हजार ५ सय ७३ मत अघि छन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) ले ३ हजार ३ सय ४८ र भालेले  ४ सय ९० मत पाएको छ।

झापा १ मा ८१ हजार ३ सय ३१ मत झरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अब ४६ हजार ९ सय २ मत पत्र गणना हुन बाँकी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया