रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस मात्र ४० प्रतिशत

३ बर्ष अगाडि

काठमाडौं- रिडी पावर कम्पनी लिमिटेडले बम्पर लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उआर्थिक वर्ष २०७८/७९ का लागि सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँको कुल ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया