नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ग्लोबल आईएमई बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २४४.०८ तोकेको छ ।
कम्पनीले अन्तिम शेयर मूल्य रू. २५१.४० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७८र ७९ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र १०.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २३ गते साधारण सभा बोलाएको छ । सभा सिलभर ओक ब्याङक्वेट, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको हो ।
प्रतिक्रिया