काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ ।
आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका हो ।
सोही अनुसार यी बैंकको बुधवार देखि कारोबारमा आउनेछ । यस सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै असार ३० गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।
प्रतिक्रिया