काठमाडौं- ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेकी छन्।
पछिल्लो मत परिणाम अनुसार कार्कीले ७ हजार ८६४ मत हासिल गरेकी छन् । उनलाई चुनौती दिइरहेका एमालेका अमृत खड्का कार्कीभन्दा २०५१ मतले पछाडि परेका छन् । उनले हालसम्म ५ हजार ८१३ मत प्राप्त गरेका छन् ।
गठबन्धनकी उम्मेदवार पम्फा भुसाल निरन्तर पछाडि छन् । तेस्रो स्थानमा रहेकी उनले ३ हजार २६८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया