चुनावपछि खुलेको शेयर बजार सुस्त, कारोबार रकममा पनि गिरावट

३ बर्ष अगाडि

चुनावपछि खुलेको शेयर बजार आज (मंगलबार) सुस्त देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से सूचकका साथै कारोबार रकम पनि घटेको छ।

यस दिन नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ विन्दुमा झरेको छ भने ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर अर्थात १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको शेयर कारोबार भएको छ।

चुनावपछि बजार बढ्ने आँकलन गरिए पनि पहिलो दिन भने बजारले खासै गति लिन सकेन। यस दिन सुरुवातमा बजार केहि सकारात्मक देखिए पनि त्यो बृद्धि टिकाउ हुन सकेन।

यस दिन जेविल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ।

यता युनिलिभर नेपालको सबैभन्दा धेरै ५.५८ प्रतिशत घटेको छ भने सिक्लेश हाइड्रोपावरको ४.४८ प्रतिशत, दोर्दी हाइड्रोपावरको ४.४४ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ।

यता नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ८ करोड ६७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ५९ लाख र शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया