काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।
मंगलबार दिउँसो १२ बजेसम्मको मतगणनाको नतिजा अनुसार उनले ५ हजार ३३४ मत ल्याएकी छन् ।
सो क्षेत्रमा दोस्रो स्थानमा छन्, नेकपा एमालेका मणिराम फुयाल । उनको मत संख्या ३ हजार ८०१ छ । नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले भने ३ हजार ७९१ मत पाएकी छन् ।
प्रतिक्रिया