खड्कालाई उछिन्दै नेम्वाङ अघि लागे, मतान्त करिब एक सय

३ बर्ष अगाडि

इलाम निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् ।

पछिललो मत गणनाअनुसार नेम्वाङले २ हजार ८१५ मत ल्याउदै अग्रता बनाएका हुन् । नेम्वाङका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका डम्बर खड्काले २ हजार ७१७ मत ल्याएर नेम्वाङलाई पछ्याइरहेका छन् । 

इलामको माङसेवुङ गाउँपालिकाको मत गन्दा खड्कालाई उछिन्दै नेम्वाङ अघि लागेका हुन् । अब चुलाचुली गाउँपालिकाको मत गणना सुरु हुने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया