काठमाडौं-आइएमई जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ११ करोड ६ लाख ७ हजार ३४२.३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ५८ लाख २१ हजार ४३९.०७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया