काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन्। उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ९ मतले पछि परेका छन्।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका श्रेष्ठले २ हजार ७२६ मत ल्याएका छन् भने लामिछानको २ हजार ७१७ मत रहेको छ।
यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार २५४ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया