लुम्बिनी विकास बैंकको १२ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

३ बर्ष अगाडि

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१०.९९ रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ३९ करोड ४१ लाख १५ हजार १०१.३२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५.९९ रुपैयाँबराबरको नगद लाभांश र ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५.३३ रुपैयाँबराबरको बोनस शेयर रहेका छन्। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया