गुल्मी क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।
ईस्मा गाउँपालिका १ अन्तरगत हिमालय मावि केन्द्रबाट मतगणना सुरु गरिएको छ ।
सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण मत गणना गर्न ढिलाइ भएको थियो । गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।
गुल्मी २ मा सत्ता गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्णराज विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया