काठमाडौं १ मा सिंहको अग्रता कायमै, मिश्र तेस्रो स्थानमा झरे

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्।

मतगणनाका अनुसार सिंहले १ हजार १ सय १८ मत ल्याएर अग्रता  कायम गरेका छन् । 

दोस्रोमा रहेका नेकपा एमालेका किरण पौडेलले १ हजार १९ मत पाएका छन्।

राप्रपाका उमेदवार रवीन्द्र मिश्र तेस्रो स्थानमा छन्। उनले ८ सय ९६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले सात सय २ मत, सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले तीन सय ५७ मत ल्याएका छन्।

मतगणना जारी छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया