काठमाडौ- भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।
भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ ले मतदान गरेका थिए ।
भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर प्रतिस्वर्धामा रहेका छन् ।
प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।
प्रतिक्रिया