काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै  एमालेको अग्रता

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नं.७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि पार्दै नेकपा एमालेलृ अग्रता लिएको छ ।

सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेपनि हाल एमालेका श्याम घिमिरेले अग्रता उल्ट्याएका छन् । 

एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । 

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया