एनएमबि बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने,  १०.७५ प्रतिशत ब्याज

३ बर्ष अगाडि

काठमाडौं- एनएमबि बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो। 

सेबोनबाट अनुमति पाएपछि एनएमबि बैंकले ‘एनएमबि डिबेन्चर–२०८९र२०९०’ नामक ऋणपत्र जारी गर्नेछ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। 

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

एनआईबिएल एस क्यापिटल धितोपत्र बिक्री प्रबन्धक रहेको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया