काठमाडौं, गुल्मीको क्षेत्र नं १ अन्तरगत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा अहिले मतदान रोकिएको छ । मतदान चलिरहेको अबस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।
त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । निर्वाचन प्रक्रिया कसरी सुचारू गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरू बीच छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए ।
प्रतिक्रिया