काठमाडौं: हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएको छ। झडपमा सहायक मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ।
बिहान साढे ८ बजे नै वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवारका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप भएको थियो। त्यस स्थानमा विहान ९ बजे नै मतदान स्थगित भएको थियो भने पुनः मतदान सुरु गर्न लाग्दा झडप भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया