एनसीसी बैंकको साधारणसभा शुक्रवार सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं / नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले पच्चीसौं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न गरेको छ । 

काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कम्पनीले भर्चुृअल माध्यमबाट आर्थिक वर्ष २०७८÷ ७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले गत वर्षको नाफाबाट ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३ प्रतिशत नगद लाभांश( करप्रयोजनका लागि) समेत गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाबाट पारित भएको बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ११ अर्ब ५१ करोड ४६ लाखभन्दा बढी पुग्नेछ । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया