झन्डै पचपन्न अर्ब दाबी भुक्तानी ग-यो नेपाल लाइफ इन्स्योरेन्सले

३ बर्ष अगाडि

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ अर्ब ७६ करोड रुपियाँको दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ।

कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्म पाँच अर्ब तीन करोड रुपियाँ मृत्यु दाबी, १५ अर्ब २६ करोड रुपियाँ अवधि समाप्ती दाबी भुक्तानी र १८ अर्ब ५३ करोड अवधि भुक्तानी गरेको जनाइएको छ। यसका साथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोगबापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५ अर्ब ९४ करोड रुपियाँ कम्पनीले दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमित र बीमक बीचको करारबमोजिम जोखिमको क्षतिपश्चात् वा अवधि समाप्तपश्चात्को रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभयो ।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्तिपश्चात् भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापश्चात् भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालू रहनुपर्छ। त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तरालपश्चात् बीमा करारमा तोकिएबमोजिम रकम भुक्तानी गरिने गरिएको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया