बैंकहरुमा एकैदिन थपियो १६ अर्ब निक्षेप, सीडी रेसियो कति ?

३ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा एकैदिन १६ अर्ब रुपैंया निक्षेप थपिएको छ ।  राष्ट्रबैंकले उपलब्ध गराएको कात्तिक ३० गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा एकैदिन १६ अर्बले निक्षेप थपिएको छ ।  यो संगै सीडी रेसियो समेत घटेर ८६.८५ प्रतिशतमा झरेको हो । 

कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरुमा ५१ खर्ब ६८ अर्ब कुल निक्षेप रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब पुगेको छ । 

अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४८ अर्ब रहेकोमा त्यो बढेर कात्तिक ३० गते ४५ खर्ब ६१ अर्ब पुगेको छ । यसरी वाणिज्य बैंकहरुमा एकैदिन १३ अर्बले निक्षेप बढेको देखिएको छ । 

अन्य वित्तीय संस्थाहरुमा पनि कात्तिक २९ गतेको तुलनामा ३० गते ३ अर्बले निक्षेप थपिएको छ । 

कुल कर्जा समेत कात्तिक २९ गतेभन्दा ३० गते १ अर्बले बढेको देखिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया