सोमबार दुई अर्बको ट्रेजरी बिल आउँदै

६ बर्ष अगाडि

काठमाडौँ–नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । 

यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 बैंकले आज सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

 बैंकले यसअघि माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त ट्रेजरीको बोलकबोलका बारेमा जानकारी दिनेछ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया