प्रभु लाइफद्धारा ११ लाख २० हजार मृत्यु बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । 

कम्पनीको गल्कोट शाखा कार्यालयले मृतक बीमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमित गौतमको गत असोज १९ गते डेंङुको कारण १७ बर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो ।

कम्पनीले मंसिर १ गते ताराखोला गाउँपालिका वडा नं. ३ को कार्यालयमा दावी भुक्तानी कार्यक्रम गर्दै उनको हकवालालाई बीमा वापतरको रकम प्रदान गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया