मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आगामी मंगलबारदेखि कारोबार खुल्ला हुने भएको छ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए। सोही अनुसार आगामी मंगलबारदेखि यी दुई बैंकको शेयर कारोबार खुल्ने भएको छ ।
हाल मर्जरका कारण ३४ वटा कम्पनीको शेयर कारोबार रोक्का छ। धितोपत्र बोर्डले शेयर कारोबार खोल्न मिल्ने गरी नयाँ निर्देशका जारी गरेपनि अन्य कम्पनीले भने कारोबार खोल्नका लागि निवेदन नै दिएका छैनन्।
प्रतिक्रिया