बरुण हाइड्रो पावरको अवितरित हकप्रद शेयर बाँडफाँट, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं, बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ । 

कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट बिक्री गरेको थियो ।

उक्त तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँट गरिएको विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । 

उक्त शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता १९१.३४ रुपैयाँ रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

सो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको हो । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको जानकारी समेत बिक्री प्रबन्धकले दिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया