प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति प्रतिशत दिदैँ ?

३ बर्ष अगाडि

काठमाडौं- प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया